काठमाण्डौ । काठमाण्डौ उपत्यकाको मौसम बदली भइरहेको छ । केही ठाउँमा सिमसिम पानी परिरहेको छ भने दिउँसोसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । भारतको बिहारमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण यी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्नुका साथै अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना छ ।
राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।देशका अरु ठाउँको मौसम बद्ली भएर प्रदेश १, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको जनाइएको छ ।
