काठमाडौँ । नेकपा एमालेले उपनिर्वाचनमा रामबहादुर थापा बादललाई नै उठाउने घोषणा गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त पदमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाउने बताए । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले बादललाई उठाउने बताएका हुन् ।
जेठ ६ गते राष्ट्रियसभाको रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।

