भर्खरै : Sorry, your browser does not support inline SVG.
फेवातालमा हावाहुरीको बीच अलपत्र परेकी युवतीको सकुशल उद्धार, सशस्त्र प्रहरीको तदारुकता | ‘डीएपी मल किन भारतभन्दा महँगो?’ राष्ट्रिय सभामा सरकारलाई कडा प्रश्न, संसदको मौनतामाथि पनि असन्तुष्टि | सरकारको १०० दिनमाथि नागरिक समाजको प्रश्न: ‘महँगी र बेरोजगारी नियन्त्रणमा पूर्ण असफल’ | दैलेख बस दुर्घटना: सोनार क्यामरा र विशेष उपकरणसहित गोताखोर टोली परिचालन, बेपत्ताको खोजी तीव्र | नियमन र सुपरिवेक्षणमा कुनै सम्झौता नहुने मन्त्री रावलको सन्देश | सरकारका १०० दिनः १८ मन्त्रालयमा सीमित, २० अर्ब बचतको दाबी, उपलब्धि सार्वजनिक | शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास | १४० टन भग्नावशेषमुनि ८ दिन बिताएका व्यक्ति जीवितै उद्धार, भेनेजुएलामा चमत्कारिक घटना |

उपभोक्तालाई गुणस्तरीय सेवा दिन मुख्यसचिव बैरागीद्वारा निर्देशन

उपभोक्तालाई गुणस्तरीय सेवा दिन मुख्यसचिव बैरागीद्वारा निर्देशन

काठमाडौँ । सरकारका मुख्यसचिव शङ्करदास बैरागीले उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नमा जोड दिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिनुभएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा केन्द्रिय कार्यालयमा आज आयोजित दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यसचिव बैरागीले कम्पनीसामु चुनौती थपिदै गएको बताए ।

चुनौतीबाट नतर्सेर आफुलाई समयक्रमसँगै परिमार्जित गर्दै लैजाने सुझाव दिए। “योजना र मानव संसाधन मजबुद बनाउनेतर्फ ध्यान दिन जरुरी छ”, मुख्यसचिव बैरागीले भन्नुभयो, “कम्पनीलाई अघि बढाउन रोडम्याप बनाउनतर्फ लाग्नु पर्छ ।” सेवा प्रभावकारी बनाउन गृहकार्य आवश्यक भएकोमा जोड दिँदै बैरागाीले कम्पनीका आफ्ना समस्या आन्तरिक छलफलबाट नै समाधान गर्न सकिने बताए ।

“कोरोना महामारीका कारण अहिलेको समय चुनौतीपूर्ण छ, यस्तो बेला उपभोक्तालाई घरदैलोमै सेवा दिनुपर्छ”, उहाँले भन्नुभयो । खाद्यान्न भण्डारण र खरिदमा ध्यान दिन निर्देशन दिँदै उहाँले व्यापारी पुग्न नसकेको ठाउँमा कम्पनी पुग्नुपर्ने बताए । “मुलुकमा भोकमरीको अवस्था आउन दिन हुन्न, नागरिकका आधारभूत आवश्यकता पूरा गर्नतर्फ ध्यान जानु जरुरी छ”, उहाँले भन्नुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले सार्वजनिक संस्था स्थापनाको उद्देश्यअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए । उहाँले दिर्घकालीन सोचका साथ काम गर्र्नुपर्नेमा जोड दिए । “जनताप्रति उत्तरदायी संस्था भएकाले त्यही अनुरुप काम गर्नुपर्छ”, सचिव भट्टराईले भन्नुभयो ।

राज्यको उद्देश्यसित कम्पनीको उद्देश्य एकिकृत भएको हुन्छ भन्दै उहाँले कम्पनीले व्यवस्थित कार्ययोजनासहित काम गर्नुपर्ने बताए । काम एउटा नतिजा फरक सोचेर प्रतिफल प्राप्त नहुने् उहाँको भनाइ थियो । कम्पनीको साख जोगाउनका लागि पनि कम्पनीले स्पष्ट खाका बनाएर काम गर्नुपर्नेमा भट्टराईले जोड दिए ।

उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले अबको परिस्थितिमा कम्पनी परम्परागत शैलीमा चल्न नसक्ने बताए। “हिजोका दिनमा गर्दै आएको धान चामलको व्यापार अब फरक शैलीमा गर्नुपर्छ”, उहाँले भन्नुभयो, “उपभोक्ताको ध्यान मूल्यमा मात्र होइन गुणस्तरमा समेत भएकाले कम्पनीले त्यसतर्फ ध्यान दिन जरुरी छ ।”

कम्पनीले बजारीकरणमा ध्यान दिन आवश्यक भएकोमा जोड दिँदै सचिव पोखरेलले सँगसँगै प्रविधि र दक्ष जनशक्तितर्फ समेत सोच्न जरुरी छ भन्नुभयो । नीजि क्षेत्र पुग्न नसकेको ठाउँमा अव कम्पनी अनिवार्य पुग्नुपर्छ भन्दै उहाँले नाफा कमाउने उद्देश्यका साथ काम गर्न निर्देशन दिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले कोरोना महामारीको समयमा समेत आफुहरुले उपभोक्ताको घरदैलोमा पुगेर सेवा प्रदान गर्दै आएको बताए।

उहाँले पछिल्लो समय कम्पनीले अनलाइन सेवा समेत शुरु गरेको सो अवसरमा जानकारी दिए । “खाद्यवस्तुको गुणस्तर परीक्षणमा जोड दिएका छौँ, गोदामघर निर्माण र मर्मतसम्भार योजनालाई महत्व दिएका छौँ”, चन्दले भन्नुभयो । कृषक र सहकारी संस्थासित समन्वय र सहकार्यलाई प्राथमिकता दिइ कार्यक्रम अघि बढाइएको उहाँले सुनाउनुभयो ।

कार्यक्रममा कर्मचारी युनियनका अध्यक्ष भेषनाथ न्यौपाने, कर्मचारी सङ्गठनका कार्यवाहक अध्यक्ष रणबहादुर बुढाथोकी र कम्पनीका नायब महाप्रबन्धक श्रीमणी खनालले कम्पनीका गतिविधि तथा समस्या प्रस्तुत गर्नुभएको थियो । जमुना धितालले सञ्चालन गरेको वार्षिकोत्सव कार्यक्रममा कम्पनीमा २५ वर्ष अनवरतरुपमा सेवा गर्नुभएका पोखरास्थित कार्यालयका बन्दना श्रेष्ठ, भैरहवाका गोरखबहादुर राणा र दाङका तिलक खनाललाई दिर्घसेवा पदकबाट सम्मानित गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.