भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उम्मेदवार टुंगो लगाउन कांग्रेस बैठक बस्दै

उम्मेदवार टुंगो लगाउन कांग्रेस बैठक बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउन कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज फेरि बस्दै छ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

शनिबार राति अबेरसम्म बसेको बैठकमा उम्मेदवार टुंगो लाग्न नसकेपछि आज टुंग्याउने कसरतमा कांग्रेस नेताहरु जुटेका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले आज उम्मेदवारहरुको टुंगो लाग्ने बताए ।

घोषणापत्र सार्वजनिक गर्दै
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्दै छ । पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि समय भने निश्चित भइसकेको छैन ।

पार्टीको घोषणापत्र बनाउन कांग्रेसले महामन्त्री गगन थापा संयोजक रहेको घोषणापत्र तयारी समिति बनाएको थियो । समितिका एक सदस्यले घोषणापत्र तयारीको सबै काम सकिएको भन्दै आज त्यसलाई सार्वजनिक गर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.