उम्मेदवार सिफारिसमा पैसाको चलखेल

उम्मेदवार सिफारिसमा पैसाको चलखेल

काठमाडौं । उ्रम्मेद्धारी छनोटमा पैसाको चलखेल हुन थालेपछि नेपाली कांग्रेसले प्रदेश सभा क्षेत्रीय कार्यसमिति र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका बैठक बसेर मंसिर ४ को चुनावका लागि उम्मेदवार छनोटमा पैसाको चलखेल नगर्न निर्देशन दिएको छ।

यही भदौ १८ भित्र उम्मेदवार सिफारिस गरी प्रदेश कार्यसमितिमा पठाउनुपर्ने भन्दै प्रदेशले जिल्लाहरूबाट प्राप्त उम्मेदवारको नाममा रायसहित भदौ २० भित्र केन्द्रमा नामावली पठाउनुपर्ने छ ।

प्रदेश सभा क्षेत्रतर्फ प्रत्यक्ष र समानुपातिक र प्रतिनिधि सभा क्षेत्रतर्फ प्रत्यक्ष र समानुपातिकतर्फ नाम सिफारिस गर्ने कार्य भइरहँदा देशका विभिन्न क्षेत्रमा पैसा उठाउने काम भएको पाइएकोले त्यस्ता गतिविधि नगर्न केन्द्रीय कार्यालयले निर्देशन दिएको हो ।

उम्मेदवारको नामावली संकलन गर्ने बेला क्षेत्रीय कार्यसमितिहरूले पैसा उठाउने गरेका गुनासो केन्द्रीय कार्यालयमा आएपछि यस्तो गरिएको काग्रेसले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.