भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

एमसीसी पारितका लागि सर्वदलीय बैठक बस्दै

एमसीसी पारितका लागि सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको देउवाको सचिवालयले जनाएको छ ।

बैठक आज अपराह्न ४ बजे बस्ने सचिवालयले जनाएको छ । संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बैठकमा बोलाइएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदको अवरोध, एमसीसीलगायतका विषयमा सत्तागठबन्धनको बैठक बोलाउन आग्रह गरेलगत्तै देउवाले बैठक डाकेका हुन ।

सत्ता गठबन्धनका सहयात्री नेकपा माओवादी र एकीकृत समाजवादी पार्टी एमसीसी जस्ताको तस्तै पारित गर्न नहुने अडानमा देखिएका छन् । तर सरकारमाथि भने एमसीसी टेबल गर्न दबाव परेको छ ।

आफू सरकारमा हुँदा संसदबाट पारित गर्न खोज्ने विपक्षी नेकपा एमाले अहिले पर्ख र हेरको नीतिमा अडिक छ । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले भने अनुपस्थित हुने जनाएको छ ।

एमसीसी पारितका विषयमा छलफल गर्न बैठक बोलाएको भन्ने जानकारी पाएपछि एमाले उक्त बैठकमा सहभागी नहुने विशाल भट्टराईले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.