१० असार २०७७ काठमाडौं । आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बस्दै छ । बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद तथा अन्य समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्ने नेताहरुले बताइएका छन् ।
दुईपटक मिति तोकेर पनि स्थायी समिति बैठक स्थगित भएको यस अघिका बैठकमा पनि विवाद कायमै थियो । जेठ १७ यता सचिवालयको बैठक बस्न सकेको छैन । एमसीसीको बारेमा दलभित्र सहमति जुट्न नसक्दा मिति तोकेर पनि बैठक स्थगित हुँदै आएको छ । एमसीसीबारे पार्टीभित्रै स्पष्ट दुई धार देखिएको छ ।
एमसीसीका विषयमा विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेता भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको एमसीसी अध्ययन कार्यदल बनाइएको थियो । उक्त कार्यदलले यथास्थितिमा एमसीसी पारित गर्न नहुने निष्कर्ष निकाल्दै पार्टीलाई प्रतिवेदन बुझाएको थियो ।
तर सडक र सदनमा नै एमसीसी पास नगर्न आन्दोलन चुलिएको छ । एमसीसी पास गरे हतियार बोकेर नेताहरुको ज्यान लिने महिलाहरुले हिजो मात्रै माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् । साथै विभिन्न राजनैतिक दलहरुले एमसीसी अमेरिकन आर्मीको अखाडा नेपाल बनाउने सड्यन्त्र हो भनेर पनि भनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडाैं, २६ असार ।चीनबाट नेपाल प्रवेश गर्ने लेहेन्दे खोलामा आएको बाढीले रसुवा र नुवाकोटका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) अनुसार...
भक्तपुर, २६ असार । भक्तपुर नगरपालिकाकाे युवा तथा खेलकुद समितिको आयोजनामा भक्तपुर नगरपालिकाअन्तर्गत विभिन्न खेलकुद प्रशिक्षणमा सहभागी भई यस वर्षको एसईई परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका खेलाडीहरूलाई बधाई तथा मार्गदर्शन...
काठमाडौं, २५ असार । लोकप्रिय देउडा शैलीमा आधारित नयाँ गीत “लाली पाउडर लाया जसी” सार्वजनिक भएको छ। गायक रोशन टमट्टा र गायिका संगीत बडुवालको आवाजमा सजिएको गीतले सुदूरपश्चिमको सांस्कृतिक...
काठमाडौँ, २५ असार । बुढानिलकण्ठ नगरपालिका–६ मा मिति २०८२ असार २१ गते शनिबारका दिन निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। सेवा निवृत्त स्वास्थ्य कर्मचारी समाज नेपाल र एन्जल हेल्थ...