सबै भन्दा ठूलो क्षेती गर्यो कोरोनाले
अच्चमको त्रासदी बिष छर्यो कोरोनाले
चाईनाको उहान्बाट उत्पत्ति भएपनि
खोलानाला, तट् समुन्द्र तर्यो कोरोनाले
एक एक गर्दै एकसय उनाइस
देश सार्यो कोरोनाले
विकसित र शक्तिशाली राष्ट्र भन्ने हरू
अमेरिका, अस्ट्रेलिया, भारत पनि डर्यो कोरोनाले
एक ठाँउ होइन पुरै नेपाल लकडाउन भएपछि
खान नपाई गरिबलाई आपत पार्यो कोरोनाले
हिजो भए विश्वयूद्ध अनि जनयुद्ध
रगतले यो भूमिलाई चार्यो मानबले
पृथ्वीमा सर्व श्रेष्ठ हामी भने पनि
कोरोनाको यो लडाईमा हार्यो मानवले
हुने खाने, हुदा खाने लकडाउनले गर्दा
एक छाक खाई, दूई छाक भोकै टार्यो मानवले
कटक विश्वकर्मा, ठाँटीकाध गाउँपालिका–गैरेगाउँ, दैलेख (१० असार २०७७)
