भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

एमालेको अवरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश

एमालेको अवरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ ।

नेकपा एमालेका सांसदहरुको विरोधका बीच दोस्रो पटक बसेको बैठकमा अर्थमन्त्री जर्नादन शर्माले उक्त विधेयक पेश गरेका हुन् । नैतिकताको आधारमा अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने सांसदहरुको माग रहेका बेला उक्त विधेयक राष्ट्रिय सभामा पेश भएको हो ।

शुक्रबार संसदमा पेश भएको उक्त विधेयकका विभिन्न शीर्षकमाथिको छलफल क्रमश असार ६, ७ र ८ गते हुने र उक्त विषयहरुमा असार ९ र १० गते मन्त्रीहरुले जवाफ दिने घोषणा अध्यक्ष तिमिल्सिनाले गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असार ५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.