भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

एमाले आठबीस नगरका मेयर उम्मेदवारले प्रयोग गरेको गाडीमा आगजनी

एमाले आठबीस नगरका मेयर उम्मेदवारले प्रयोग गरेको गाडीमा आगजनी

काठमाडाैं । दैलेखको आठबीस नगरपालिकाको मेयरका उम्मेदवार तर्कबहादुर बडुवालले प्रयोग गरिरहेको बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

चालक गाडीभित्रै सुतिरहेको अवस्थामा गाडीमा आगजनी गरेको प्रहरीको भनाइ छ ।

आठबीस नगरपालिका– ४ राकम कर्णालीस्थित खोलीबजारको श्रिष्टी होटलको अगाडि पार्क गरी राखिएको स्कार्पियोमा राति अपराधिक समूहले आगजनी गरेको बताइएको छ ।

टायरमा आगो लागेको थाहा पाएपछि तत्कालै गाडी चालकले नजिकै रहेको खोलाको नहरमा पु¥याएर आगो निभाएको बताए ।

जस कारण गाडीमा धेरै क्षति हुन पाएन । घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय राकम कर्णालीले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.