भर्खरै : Sorry, your browser does not support inline SVG.

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक साँझ साढे ६ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको छ ।

स्थानीय तह निर्वाचनको घोषणापत्र लगायत निर्वाचनकै विषयमा छलफल गर्न बैठक बस्न लागेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।

केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्नेछ । बैठकमा महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.