भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एमाले पोलिटब्यूरो सदस्य गैरे पाल्पा क्षेत्र नं २ बाट सिफारिस

एमाले पोलिटब्यूरो सदस्य गैरे पाल्पा क्षेत्र नं २ बाट सिफारिस

रामपुर (पाल्पा) । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले)ले पाल्पाबाट उम्मेदवार सिफारिस गरेको छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको छ । क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ नारायणप्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, झपेन्द्र जिसी, कृष्ण श्रेष्ठ, सरस्वती भट्टराई र विष्णु जिसीको नाम सिफारिस भएको छ । क्षेत्र नं २ मा भने एमाले पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेको एकल उम्मेदवारी परेको छ ।

आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले नेता गैरेलाई एकल उमेदवारका रुपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो ।क्षेत्र नं १ प्रदेशसभा (क) बाट राजुप्रसाद श्रेष्ठ, राजेन्द्र लम्साल, देवीलाल लामिछाने र कृष्णबहादुर सारु तथा महिलातर्फ सञ्जु परियार र ईश्वरी खनाल सिफारिस हुनुभएको छ । प्रदेशसभामा (ख) बाट कृष्णप्रसाद रेग्मी, खेमबहादुर सारु, विनोदकुमार श्रेष्ठ, अर्जुन श्रेष्ठ, तुल्सीराम भुसाल, विमल काफ्ले, विजय रानाभाट, ईश्वरी न्यौपाने र एकप्रसाद भण्डारी तथा महिलातर्फ उर्मिला अर्याल र कल्पना केसी सिफारिस हुनु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.