भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एमाले ललितपुर महानगरमा ५९ बुँदे प्रतिबद्धता

एमाले ललितपुर महानगरमा ५९ बुँदे प्रतिबद्धता

ललितपुर । महानगरपालिकामा एमालेका तर्फबाट मेयरमा उम्मेदवारी दिएका हरिकृष्ण व्यञ्जनकारले ५९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

महानगर विकासका ५ स्तम्भ समेटेर व्यञ्जनकारको चुनावी प्रतिविद्धता सार्वजनिक गरेका हुन् । उनले महानगरीय अस्पताल र शिशु स्याहार केन्द्रदेखि द्वन्द्व व्यवस्थापन परामर्श केन्द्र सञ्चालन गर्ने उल्लेख छ ।

सार्वजनिक एवं सरकारी सम्पतिको अभिलेख संकलन, संरक्षण र व्यवस्थापन गरिने, पालिकाभित्र अस्थायी बसोबास गर्ने स्वदेशी तथा विदेशी नागरिकहरूको अनिवार्य रजिष्टेशन,सेवाहरुको विकेन्द्रीकरण नीतिदेखि

सहरी गरिबहरूका लागी विद्युत् एवं खानेपानीमा पहुँच समेत व्यञ्जनकारले आफ्नो प्रतिवद्धतापत्रमा समेटेका छन् ।पुँजी निर्माण र परिचालन,

वित्तीय साक्षरता कार्यक्रम र युवा उद्यमशीलतासँग सहकारी, प्रत्येक घरहरूमा घर नम्वरिङ गरी सेवा प्रवाह तथा सूचना प्रणालीलाई व्यवस्थित तुल्याइने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.