भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

एसइईको प्रश्नपत्र ७६ जिल्लामा पुग्यो, सुरक्षामा कडाई

एसइईको प्रश्नपत्र ७६ जिल्लामा पुग्यो, सुरक्षामा कडाई

काठमाडौं । चैत ६ गतेबाट सुरु हुने एसइई परीक्षाका प्रश्नपत्र सबै जिल्लामा पठाईसकिएको छ । कडा सुरक्षा व्यवस्थाका साथमा जिल्लामा पठाएको एसइईका प्रश्नपत्र आउट हुन नदिन कडाइ गरिएको छ ।

अघिल्लो वर्ष प्रदेश २ मा प्रश्नपत्रहरू बाहिरिएको खबरले मिडियामा छाएकोले यो वर्ष त्यस्तो हुन नदिन थप सुरक्षा व्यवस्था गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । अघिल्ला वर्षमा एउटा कपडाको थैलोमा विषयअनुसार प्लास्टिकभित्र राख्ने गरिएको थियो ।

सुरक्षालाई कडा गर्दै प्रत्येक विषयको प्रश्न प्लास्टिकले र्‍याप गरी लाहाछाप लगाएर फेरि कपडाको थैलोमा राखेर लाहाछाप लगाएर पठाएको रामराज खकुरेलले बताए । परीक्षा केन्द्रको संख्या पनि वृद्धि गरिएको छ । यो वर्ष एक हजार नौ सय ९४ परीक्षा केन्द्र कायम गरिएको छ ।

मोरङमा ७०, रुपन्देहीमा ५६, झापामा ५५ केन्द्र कायम गरिएको छ । बागमतीमा चार सय २१ र कर्णालीमा एक सय ७६ केन्द्र रहेका छन् । एसइई परीक्षामा यो वर्ष कुल चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी सहभागी हुदै छन् । एसइई परीक्षा आगामी ६ देखि १७ चैतसम्म सञ्चालन हुँदै छ । प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र निर्माण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.