भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

ओमिक्रोनविरुद्ध कोरोना खोपले पनि काम गर्छ : डब्ल्यूएचओ

ओमिक्रोनविरुद्ध कोरोना खोपले पनि काम गर्छ : डब्ल्यूएचओ

काठमाण्डौ । कोरोना भाइरस विरुद्धको प्रयोगमा रहेकाखोपले ओमिक्रोन भेरियन्टका विरुद्धमा पनि काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको प्रयोगशाला परीक्षणपछि डब्ल्यूएचओले अहिले प्रयोग भैरहेका खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्ने देखिएको जनाएको हो ।

अनुसन्धानकर्ताहरुले नयाँ भेरियन्टविरुद्ध खोपले कसरी काम गर्छ भन्नेबारे थाहा पाउन अझै अनुसन्धान आवश्यक रहेको तर ओमिक्रोनले खोपलाई छल्ने सम्बन्धमा अरु भेरियन्ट भन्दा शक्तिशाली नदेखिएको बताएका छन् ।

डब्ल्यूएचओका डा रायनले अहिले प्रयोगमा रहेका कोरोना विरुद्धका खोपहरु प्रभावकारी रहेका र ति खोपले सबै भेरियन्टका सङ्क्रमितलाई गम्भीर बिरामी र अस्पताल भर्ना हुने अवस्था आउन नदिन सक्षम रहेको प्रमाणित गरेको भन्दै ओमिक्रोनविरुद्ध पनि खोप प्रभावकारी देखिएका बताउनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.