भर्खरै : Sorry, your browser does not support inline SVG.

ओली इतिहासमा कलंकित सावित भएकाे प्रचणड–माधव पक्षको दावी, कडा आन्दोलन गर्दै नेकपा (भिडियाे सहित)

ओली इतिहासमा कलंकित सावित भएकाे प्रचणड–माधव पक्षको दावी, कडा आन्दोलन गर्दै नेकपा (भिडियाे सहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको इतिहासमा कलंकित सावित भएको बताएका छन् । संसद विघटन गरेर उनले कलंकको टीका लगाएको समेत दावी गरेका छन् ।

मंगलबार देशव्यापी विरोध प्रदर्शन गर्दै सो पक्षका नेता कार्यक्रर्ताले चर्को विरोध मात्रै गरेनन् सडकमा ओली कदमका विरुद्ध गगनभेदी नारा समेत लगाए । काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरी प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्नु ओलीको बदनीयत भएको बताए ।

उनले भने, ‘प्रतिनिधिसभा भङ्ग भएको छैन । भङ्ग भएको त केपी ओलीको सरकार हो ।’ आफैले बनाएको संविधानको बलात्कार गरेँ भनेर उनले आफैले नभनेसम्म इतिहासले र माफी नदिने दावी गरे । असंवैधानिक र अलोकतान्त्रिक ओली कदमको सम्मानित अदालतले संविधानको मर्म र भावनालाई बुझेर फैसला गर्ने बताए ।

हेर्नुहाेस् भिडियाे…

ओली कदव सच्चीएर आउने यदि नआएको खण्डमा जनताले आँधीहुरी ल्याउने चेतावनी दिए । जनताले अब ‘बयलगाडा’को सिद्धान्तलाई बुझेर परिवर्तन विरोधी ओलीलाई पाखा लगाएर छाड्ने बताए । वाम गठबन्धनलाई जनताले झण्डै दुई तिहाइ मत दिएको भए पनि तीन वर्ष नपुग्दै यहाँ आइपुग्ला भन्ने कुरा नसोचेको र ओलीले यतिसम्म गर्लान भन्ने पनि नचिताएको बताए ।

यदि निरंकुश भएर नै गएपछि त्यो दम्ब तोडेरै देखाउने प्रचण्डले बताए । कार्यक्रमलाई संबोधन गर्दै अर्का अध्यक्ष माधब नेपालले निरंकुश बाटो समातेका केपी ओलीको आयु सकिएको बताए । केपी ओली र ओली प्रवृत्तिको आयु सकिएको भन्दै निरंकुशताको बाटो सकिएको बताए । सम्बोधनका क्रममा ओलीले पुस ५ गते चालेको कदम जनभावना र राजनीतिक हिसावले उचित नभएको दावी ।

गणतन्त्रको बर्खिलाप बलयगाढा चढेर वासिंटन नपुग्ने ओलीले चालेको असंवैधानिक कदमका विरुद्ध पार्टीले उनलाई अध्यक्षबाट हटाएको बताए । केही नेताहरु अझैपनि ओलीलाई मनाउने प्रयासमा रहेको भन्दै बालुवटारको बालुवा पेलेर तेल निकाल्ने प्रयासमा लागेका नेताहरुलाई शुभकामना दिए ।

mkअध्यक्ष नेपालले जनता अब ओली दास नबन्ने र देशलाई सहि लिगमा लिएर जान र समाजवादको दिशा तय भइसकेको बताए । नेकपा र सूर्य चिन्ह आफ्नै रहेकाले अव ओलीले दावी नगर्दा नै बेश हुने बताए । सूर्य आफ्नै भएकाले भ्रममा नपर्न आग्रह गर्दै केपी ओलीलाई जनसुनामीले बगाएर किनारमा पु¥याएको दावी गरे ।

jn khanalकार्यक्रममा नेता झलनाथ खनाल पनि ओली विरुद्ध निकै खनिए । जनताको बलले अब ओली छिटै ओरालो लाग्ने र ओली पवृतिको जनताले किनारा लगाएरै छाड्ने बताए । यसैबीच प्रचण्ड माधव पक्षले दोस्रो चरणका कार्यक्रम पुस १५ गते घोषणा गर्ने भएको छ ।

दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय गर्न भोलि उपलव्ध स्थायी समितिका सदस्यहरुको बैठक बस्ने प्रवक्ता योगेश भट्टराईले बताए । भावी आन्दोलनका कार्यक्रमबारे छलफल गर्न १२ वजेको समय दिइएको छ भने दिउसो ३ बजे पत्रकार सम्मेलन मार्फत घोषणा गर्ने जानकारी दिए ।prachand

 


Thali Mobile Pvt.Ltd.