भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कछुवा गतिमा ग्वार्को फ्लाइओभरको निर्माण, म्याद सकिनै लाग्दा ३५ प्रतिशत मात्रै प्रगती

कछुवा गतिमा ग्वार्को फ्लाइओभरको निर्माण, म्याद सकिनै लाग्दा ३५ प्रतिशत मात्रै प्रगती

काठमाडौं । ललितपुर चापागाउँ दोबाटोदेखि बालकुमारी सम्म अत्यास लाग्दो ट्राफिक जामले नागरिक हैरानी खेपिरहेका छन् । ट्राफिक जाम अधिक हुने यो सडकमा सहज आवतजावतका लागि फ्लाइओभर निर्माण थालियो ।

तर निर्माण कार्य कछुवा गतिमा चल्दा सर्वसाधरणले सास्ती वेहोर्नु परेको छ । पाँच मिनेटको यात्रालाई कम्तीमा ४५ मिनेट समय लाग्ने गरेको छ । विगतदेखिनै ग्वार्को क्षेत्रमा अत्यासलाग्दो ट्राफिक जाम हुने गरेको र त्यही ट्राफिक जाम घटाउने उद्देश्य राखेर निर्माण थालिएको फ्लाइओभरका कारण सर्बसाधणले सास्ती खेपी रहनु परेको छ ।

त्यसमा पनि निर्माण कम्पनीले समयमा निर्माण नसक्ने भए पछि यो बाटो भएर यात्रा गर्ने जोकैहील अझै लामो समय सास्ती खेप्नु पर्ने देखिएको छ । मुलुककै पहिलो फ्लाइओभर भएर पनि सर्वसाधारणको यसप्रति बढी चासो रहेकोले पनि यात्रा गर्दा जाममा परेपनि खासै कसैले केही भनेको सुनिन्न ।

तर दुर्भाग्य मुलुककै पहिलो फ्लाइओभर निर्माणाधीन अन्य पूर्वाधारका आयोजनाजस्तै यसको निर्माण पनि समयमा नसकिने भएकोे छ । यो फ्लाइओभरको ठेक्का सम्झौता हुँदा दिइएको समय सकिन अब एक केही हप्तामात्र बाँकी छ । तर, निर्माण प्रगति भने बल्ल ३५ प्रतिशतमात्रै पुगेको छ । अर्कोतिर यो फ्लाइओभर समयमा नबन्दा त्यो क्षेत्र भएर अहिले आवतआवत गर्न झनै समस्या बढेको छ ।

फ्लाइओभर बनाउनका लागि अहिले आठ लेन सडकको मध्य भागका चार लेन बन्द गरिएको छ । अहिले सबै सवारीसाधन सर्भिस लेनबाट मात्र चल्नुपर्ने बाध्यता छ । सरकारले महत्व दिएका केही आयोजनामध्ये यो पनि एक हो ।

 


Thali Mobile Pvt.Ltd.