कञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरबाट एक जना भारतीय नागरिक पक्रउ गरेको छ । सीमा नाका त्रिनगरबाट सशस्त्र प्रहरीले छ लाख १५ हजार नगद रकमसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपाल आउने व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको रकमसहित भारतको साहजहाँपुर मोहल्ला बस्ने वर्ष ४१ का रजिनिस कुमारलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ ।
आवश्यक कानुनी कारवाहीका लागि त्रिनगर भन्सार कैलालीमा सशस्त्र प्रहरी बल नेपालले बुझाइएको छ।

