भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

कतारको दोहामाहमास नेता र इरानी विदेशमन्त्रीबिच कतारमा भेटवार्ता

कतारको दोहामाहमास नेता र इरानी विदेशमन्त्रीबिच कतारमा भेटवार्ता

दोहा । इरानका विदेशमन्त्री होसैन अमीर–अब्दुल्लाहियन र हमास नेता इस्माइल हानियाबिच कतारमा भेटवार्ता भएको छ । हमासको बयानमा अमीर–अब्दुल्लाहियनले आफ्नो लक्ष्य पुरा गर्नका लागि समूहलाई साथ र सहयोग जारी राख्ने सहमति जनाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

इजरायल र हमासबिचको द्वन्द्वको आज आठौँ दिन हो । इजरायलले एक हप्ताअघि हमासले आक्रमण गरेको थियो जसमा कम्तीमा १३ सय जना मारिएका छन् । कयौँ इजरायली नागरिक अझै पनि हमासको कब्जामा रहेको बताइएको छ । उता, इजरायलले गाजामा गरेको जवाफी सैन्य कारबाहीमा कम्तीमा २२ सय जना मारिएका छन् ।

कतारको दोहामा दुई नेताबिच भएको भेटमा अब्दुल्लाहियानले एक हप्ता अघि इजरायलमा गरिएको हमासको आक्रमणलाई ‘ऐतिहासिक जीत’ भएको बताउँदै त्यसको प्रशंसा गरेको बताइएको छ । इरानको आधिकारिक समाचार एजेन्सी इरनाले दुई नेताबिच भएको भेटघाटको एउटा भिडियो पनि साझा गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.