भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘कनेक्ट इन’ तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन काठमाडौंमा हुदै

‘कनेक्ट इन’ तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन काठमाडौंमा हुदै

काठमाडौं । ‘कनेक्ट इन’ तेस्रो संस्करणको अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुने भएको छ । भारतीय दूतावासको सहकार्यमा लाजिम्पाटस्थित होटल ¥योडिसनमा ‘कनेक्ट इन’ तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलनद’ हुन लागेको आयोजकले जनाएको छ ।

नेपाली, भारतीय स्टार्टअपहरू, उद्यमीहरू, लगानीकर्ताहरू, उद्यम पुँजीपतिहरू, महत्वाकांक्षी युवाहरू, विज्ञहरू, उच्च पदस्थ सरकारका अधिकारीहरू र मिडियाका प्रतिनिधिहरूलाई एउटै प्लेटफर्ममा सहभागि गराएउने कार्यक्रम रहेको छ ।

कार्यक्रममा १५ भन्दा बढी नेपाली र भारतीय प्रख्यात वक्ताहरूले आफ्ना आआफ्नो धारणा राख्ने छन् भने २० भन्दा बढी स्टार्टअपहरू र १५ भन्दा बढी साझेदारहरूसँग सहकार्य गरिने भएको छ । चैत्र १ गते भएको आइडिया अडिसनबाट आफ्नो स्टार्टअप व्यवसायलाई प्रस्तुत गरेका २० स्टार्टअप व्यवसाय मध्ये प्रतिस्पर्धाको आधारमा उत्कृष्ट ४ उद्यमीहरु छनौट भएका थिए ।

छनौट भएका उत्कृष्ट उद्यमीहरु
१ शैलजा कसाजु– तेक्का प्रालि
२ बोया फ्रेश प्रालि
३ सचिन डाँगी – सारंग प्रालि
४ वेद प्रालि
यी उत्कृष्ट चार उद्यमीहरुले नेपाल र भारतका प्रख्यात उद्यमीहरूको सामु चैत्र ९ गतेको फिनालेमा आफ्नो व्यवसायिक विचार लगानीका लागि प्रस्तुत गर्ने अवसर पाउने छन् ।

सम्मेलनले दुई देशका युवा उद्यमीलाई उद्यमशीलता बारे आपसी छलफल, नयाँ–नयाँ आवधराणा विकास तथा विस्तार र अवसर खोजी गर्ने साझा प्लेटफर्म हुने आयोजकले विश्वास लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.