५ जेष्ठ २०७७ दैलेख । कर्णाली प्रदेशमा एक जनालाई कोरोना संक्रमणको आशंका गरिएको छ । आशंका गरिएका युवा भारतको आग्राबाट आएको र उनी आठबीस नगरपालिका वडा नं. १ सात्ताला दैलेखका भएको स्रोतको दावी छ ।
पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ आएपछि कालागाउँ प्रयोगशालाले पुर्नपुष्टिको लागि स्वाव नेपालगञ्ज पठाएको छ । स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक रिता भण्डारी जोशीका अनुसार अनुसार कोरोना संक्रमणको आशंका गरिएका युवा ४५ दिन भारतको बनबासामा बसेर आएको र उनलाई आठबीस नगरपालिकाले उद्धार गरेर जेठ एक गते आठबीस लगेको थियो ।
लक्ष्मी माध्यमिक विद्यालयेको क्वारेन्टाईनमा बस्दै आइरहेका अन्य ३८ जना युवासंगै रहेका उनमा आशंका गरिएपछि क्वारेन्टाईनमा अहिले उच्च सर्तकता अपनाइएको वडा अध्यक्ष पर्वसिंह विश्वकर्माले कैलाश खबरलाई बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी भन्दा बढी आलु उत्पादन गरेका छन् । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी...
कञ्चनपुर, २९ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउपडी गोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट ज्यान गएको छ। २८ वर्षीया कमला दमाईलाई गएराति करिब ८ बजेको समयमा करेत जातको विषालु...
काठमाडौँ, २९ असार । विभिन्न भागमा आज हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाण्डौ उपत्यकासहित देशका केही स्थानमा बिहानैदेखि घाम लागे पनि...
कपिलवस्तु, २९ असार । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परेकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला ट्राफिक...