५ जेठ २०७७ बाँके । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ पछिल्लो समयमा नेपालमा पनि तिव्र गतिमा फैलिएको छ ।
आजमात्रै बाँकेमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सगै संक्रतिको संख्या ३५१ पुगेको छ । आइतबार क्वारेन्टाइनमै निधन भएका युवकको सम्पर्कमा आएका लगायतको स्वाब संकलन गरी परीक्षण गरिएको हो ।
स्वास्थ्य मन्त्रालयले जनाएअनुसार विराटनगरका एक जना, भैरहवाको प्रयोगशालामा गरिएको परीक्षणमा गुल्मीका ४१ वर्षका पुरुष, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषाका एक जना, रौतहटका एक जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण भेटिएको छ। VIDEO
https://www.facebook.com/Kailashkhabarnews/videos/268800314528549/

