काठमाडौँ । आज मुलुकका केही भागमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै ती प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशका पहाडी भागमा सामान्यतया मौसम सफा रहे पनि तराई क्षेत्रमा हुस्सु लागिरहेको महाशाखाले जनाएको छ ।
