भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्णाली विवाद: छलफलमा ओली-प्रचण्ड

कर्णाली विवाद: छलफलमा ओली-प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच अहिले पनि बालुवाटारमा छलफल भइरहेको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्तव दर्ता गराएपछि नेकपामा विवादको नयाँ विजारोपण भएको छ । मंगलवार दुई अध्यक्षबीचको भेटपछि मुख्यमन्त्री शाहसहित उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रदेशसभा सदस्य यामलाल कँडेलसहितका प्रदेशका नेताहरुलाई छलफलका लागि काठमाडौं बोलाएका छन्। उनीहरुलाई विहीवार छलफलका लागि बोलाइएको छ।

सोही विवाद छलफलका लागि प्रचण्ड ९:१५ तिर बालुवाटार पुगेका थिए। कर्णाली प्रदेशमा उत्पन्न विवादले ओली-प्रचण्डबीचको नियमित छलफलको एजेण्डा ओझेलमा परेको छ।

गत भदौ २९ गते सम्पन्न नेकपा स्थायी समिति बैठकले एक महिनाभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय गरेको थियो। त्यसको दुई दिन बाँकी रहँदा समेत एकताका बाँकी काम सम्पन्न गर्न दुई अध्यक्षलाई ठोस कार्ययोजना ल्याउन सकेका छैनन्।

असोज ६ गतेको सचिवालय बैठकले दुई अध्यक्षलाई १० दिनभित्र कार्ययोजना ल्याउन निर्देशन दिएको थियो। त्यो समय गुज्रिसकेको छ। उता, मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषय पनि अनिश्चित बनेको छ।

 


Thali Mobile Pvt.Ltd.