भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एकै गाउँका दुई किशोर-किशोरीको शव झुण्डिएको अवस्थामा फेला

एकै गाउँका दुई किशोर-किशोरीको शव झुण्डिएको अवस्थामा फेला

एकै गाउँका दुई किशोर-किशोरीको शव झुण्डिएको अवस्थामा फेला परेको छ। महोत्तरीको मनरासिस्वा नगरपालिका- ६ सरपल्लो गाउँका किशोर-किशोरीको शव झुण्डिएको अवस्थामा फेला परेको हो।
मंगलबार एकै दिन १६ वर्षीय सुनिल महतो र २० वर्षीया खुश्बु खातुनको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताएका हुन्।
नायब उपरीक्षक विष्टका अनुसार सुनिलको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको र खुश्बुको शव भने उनको घर नजिकै रहेका आँपको बगैँचामा झुण्डिएको अवस्थामा फेला परेको हो। स्थानीयहरुले उनीहरु दुबैजनाले आत्महत्या गरेको आशंका गरेका छन्।

उनीहरुले के कति कारणले एकै समयमा आत्महत्या गरे त्यो खुलेको छैन। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले बताए। दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ।

 


Thali Mobile Pvt.Ltd.