भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बर्दघाट नगरपालिकाको सेवा बन्द

बर्दघाट नगरपालिकाको सेवा बन्द

नगर प्रमुखलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि नवलपरासी(बर्दघाट सुस्तापश्चिम)  स्थित बर्दघाट नगरपालिकाका सेवा बन्द गरिएको छ । सोमबार स्वाब परीक्षण गर्दा नगर प्रमुख धीरज शर्मा बस्याललाई कोरोना पुष्टि भएपछि नगरपालिकाका अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गरिएको हो ।

नगर प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका कर्मचारी तथा जनप्रतिनिधिको पिसिआर परीक्षण गर्नुपर्ने भएकाले परीक्षण नतिजा नआउँदासम्म नगरपालिकाका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताउनुभयो ।

वडा नं ४ को वडा कार्यालयबाहेक नगरपालिका मातहतका अन्य वडा कार्यालय, स्वास्थ्य सेवालगायत भने यथावतै रहने नगरपालिकाले जनाएको छ । कोभिड नियन्त्रण र नागरिकको सेवामा निरन्तर खटिरहेका अवस्थामा नगर प्रमुख बस्याललाई कोरोना सङ्क्रमण पुष्टि भएकामा नगरपालिकाले स्वास्थ्यलाभको कामना गरेको छ । कोरोना पुष्टि भएपछि प्रमुख बस्याल होम आइसोलेशनमा रहनुभएको तथा स्वास्थ्यवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कोभिड –१९ को महामारीबीच सञ्चालनमा आएका विद्यालय तत्काल बन्द गर्न निर्देशन दिएको छ । कोरोना सङ्क्रमण दर बढ्दै जाँदा विद्यालयमा आएका विद्यार्थीलाई जोगाउन गाह्रो हुने भएकाले आजदेखि नै विद्यालयमा भौतिक उपस्थितिमा गरिएको पठनपाठन बन्द गर्न निर्देशन दिइएको हो । विद्यालयमा गरिने सिकाइ सहजीकरण बन्द गरी वैकल्पिक विधिबाट सिकाइ सञ्चालन गर्न आग्रह गरिएको नगर शिक्षा अधिकारी इन्द्रबहादुर कँुंवरले बताउनुभयो । कक्षा ११ का हकमा भने यो आदेश लागू हुने छैन ।
सुनवल नगरपालिकाले पनि असोज २६ गतेदेखि सिकाइ केन्द्र तथा विद्यालयमा भइरहेको पठनपाठनमा रोक लगाइसकेको नगर उपप्रमुख दधिराम अर्यालले बताउनुभयो । सरावल गाउँपालिकाले पनि महामारीलाई ध्यानमा राखी सबै विद्यालय बन्द गराउन लागेको प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताउनुभयो । यससँगै केही समयदेखि सञ्चालनमा आएका विद्यालय फेरि बन्द हुने भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.