भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कवयित्री प्रतिमा अनेसास सुप्रमा इप्रमा पुस्कारबाट सम्मानित

कवयित्री प्रतिमा अनेसास सुप्रमा इप्रमा पुस्कारबाट सम्मानित

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ । बेलायतमा नेपाली साहित्यको विकास र प्रवद्र्धनका लागि ठूलो योगदान गर्नुभएका कवि ईश्वर मानन्धरले आफ्ना स्व पिताका नाममा पुरस्कार स्थापना गर्नुभएको हो ।

‘हिम्मत’ म्युजिक भिडियो, ‘बेलायतमा कवि र कविताहरू’, ‘प्रवासका अक्षरहरू’ जस्ता आधा दर्जन साहित्यिक सङ्ग्रह निकाली सक्नुभएकी केसीका थुप्रै कविता पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । बेलायत तथा विश्वका अन्य देशमा नेपाली साहित्यका लागि स्थापना भएका थुप्रै साहित्यिक संस्थाहरूमा आबद्ध केसी बेलायतवासी नेपालीबीच सुपरिचित हुनुहुन्छ ।

यसअघि उक्त पुरस्कारबाट बेलायतमा बस्दै आउनुभएका साहित्यकार मुकेश राई, केदार सङ्केत, कृष्ण बजगाईँ, दुर्गा पोखरेल, सुमाया राई, नृपेश उप्रेती र देवेन्द्र खेरेस पुरस्कृत भइसक्नुभएको छ । अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष लारा, सल्लाहकार सुमल गुरुङ र साहित्यकार रुपक श्रेष्ठ गरी तीन सदस्य रहेको पुरस्कार छनोट समितिले यस वर्षका लागि केसीलाई छनोट गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.