भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

कसले किन फोन गर्‍यो भनेर अब पहिले नै थाहा पाइने

कसले किन फोन गर्‍यो भनेर अब पहिले नै थाहा पाइने

काठमाडौं । प्रविधिको बढ्दो विकासका बीच गुगलले नयाँ फिचर सार्वजनिक गरेको छ । गुगलले थर्ड पार्टी एपविना नै कसले फोन गर्‍यो भनेर जानकारी दिने एप ल्याएको हो ।

‘भेरिफाइड कल्स’ नाम दिइएको गुगल फोन एपमा अब फोन गर्नुपूर्व कसले फोन गरेको हो भनेर देखाउनेछ ।यसअघि ट्युन कलर नामक एपले पनि यस्तै सुविधा दिएको थियो । ट्युन कलर प्रयोगकर्ताले कसले फोन गर्‍यो भनेर पहिले नै जानकारी पाउने गर्थे । गुगलको सुविधामा चाहिँ किन फोन आएको हो भन्ने समेत थाहा पाउन सकिन्छ ।

एन्ड्रोइड मोबाइलमा हालै रिलिज गरिएको यो एप पहिले पिक्सेल मोबाइलमा मात्र डाउनलोड गर्न मिल्ने व्यवस्था गरिएको थियो । यो एपबाट फेक कलहरु नियन्त्रणमा आउने गुगलले विश्वास लिएको छ । विजनेस फोनमा फोन गर्नुको कारण समेत लेखिएको हुनेछ । हाललाई यो सुविधा अमेरिका, मेक्सिको, ब्राजिल र भारतमा मात्र दिइएको छ । यही वर्षभित्र विश्वभरका सबै मोबाइलमा यो सुविधा दिइने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.