भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कसले किन फोन गर्‍यो भनेर अब पहिले नै थाहा पाइने

कसले किन फोन गर्‍यो भनेर अब पहिले नै थाहा पाइने

काठमाडौं । प्रविधिको बढ्दो विकासका बीच गुगलले नयाँ फिचर सार्वजनिक गरेको छ । गुगलले थर्ड पार्टी एपविना नै कसले फोन गर्‍यो भनेर जानकारी दिने एप ल्याएको हो ।

‘भेरिफाइड कल्स’ नाम दिइएको गुगल फोन एपमा अब फोन गर्नुपूर्व कसले फोन गरेको हो भनेर देखाउनेछ ।यसअघि ट्युन कलर नामक एपले पनि यस्तै सुविधा दिएको थियो । ट्युन कलर प्रयोगकर्ताले कसले फोन गर्‍यो भनेर पहिले नै जानकारी पाउने गर्थे । गुगलको सुविधामा चाहिँ किन फोन आएको हो भन्ने समेत थाहा पाउन सकिन्छ ।

एन्ड्रोइड मोबाइलमा हालै रिलिज गरिएको यो एप पहिले पिक्सेल मोबाइलमा मात्र डाउनलोड गर्न मिल्ने व्यवस्था गरिएको थियो । यो एपबाट फेक कलहरु नियन्त्रणमा आउने गुगलले विश्वास लिएको छ । विजनेस फोनमा फोन गर्नुको कारण समेत लेखिएको हुनेछ । हाललाई यो सुविधा अमेरिका, मेक्सिको, ब्राजिल र भारतमा मात्र दिइएको छ । यही वर्षभित्र विश्वभरका सबै मोबाइलमा यो सुविधा दिइने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.