भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

कांक्रेविहार गोल्डकपः पञ्चपुरीको विजयी शुरुआत

कांक्रेविहार गोल्डकपः पञ्चपुरीको विजयी शुरुआत

कर्णाली, । वीरेन्द्रनगरमा जारी अन्तरपालिकास्तरीय कांक्रेविहार गोल्डकप फुलबलमा पञ्चपुरीले विजयी शुरुआत गरेको छ । बुधबार सम्पन्न उद्घाटन खेलमा पञ्चपुरी नगरपालिकाको टिमले गुर्भाकोट नगरपालिकाको टिमलाई २–०ले हराउँदै विजयको खाता खोलेको हो । खेल शुरु भएको १० मिनेटमा पञ्चपुरी नगरपालिकाको टिमले खाता खोल्न सफल भयो । खेलको ३६ औं मिनेटमा पञ्चपुरीका महेन्द्र विकले दोस्रो गोल गरेर टीमलाई अग्रता दिलाउँदै म्यान अफ द म्याच घोषित हुनुभयो ।

पहिलो आधामा कुनै गोल गर्न नसकेको गुर्भाकोट नगरपालिकाको टिमले दोस्रोमा पनि थुप्रै गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । आज हुने दोस्रो खेलमा वीरेन्द्रनगर नगरपालिका र सिम्ता गाउँपालिकाबीच प्रतिष्पर्धा हुनेछ । १४ गतेसम्म सञ्चालन हुने कपमा विजेताले रु. एक लाख र उपविजेताले रु. ५० हजार पुरस्कार, ट्रफी पाउनेछन् । यसैबीच राष्ट्रिय उपमेयर कप फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीहरुको बिदाइ गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका र जिल्ला फुटबल सङ्घ सुर्खेतले प्रतियोगितामा सहभागी खेलाडीहरुको बिदाइ गर्‍याे । उपप्रमुख मोहनमाया ढकालले पूर्ण हौसलाका साथ क्षमता प्रदर्शन गरी जित हासिल गर्न शुभकामना दिए । यही कात्तिक १२ गते काठमाडौंस्थित राष्ट्रिय फुटबल सङ्घको मैदानमा हुने प्रतियोगितामा सुर्खेतबाट २३ खेलाडी सहभागी हुँदैछन् । दोस्रो चरणको प्रतियोगितामा विजयी भएमा राष्ट्रिय महिला लिगका लागि छनौट हुनेछन् । लिगमा सात प्रदेश, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित १० विभाग रहने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.