भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

भक्तपुर । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । भ्रातृ संस्थाको विधानलाई अन्तिम रुप दिन आजको बैठक बस्न लागेको बताइएको हो ।

नेपाली कांग्रेसले एनपी साउदको नेतृत्व पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान प्रतिवेदन तयार पार्न समिति बनाएको थियो । सो समितिले बुझाएको विधानलाई अन्तिम रुप दिने विषयमा उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको पदाधिकारी बैठकमा छलफल हुँदै आएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गत फागुन ३ गते १० वटा भातृ संस्था भंग गर्दै नेविसंघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष पार्टी सभापति देउवाले मनोनित गरेका थिए । काँग्रेसले दलित संघ भंग गरेको छैन भने अधिवेशन गर्न सकेको छैन ।

पार्टीले नेविसंघ र दलित संघको विधान टुंगो लगाइसकेको छ भने अन्य भातृसंघको विद्यान टुुङ्गो लगाउँन बाँकी छ । बैठक पार्टी उपसभापति खड्का नेतृत्वको बैठकको निरन्तरता रहेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । यो बैठकमा पार्टी सभापति शेरबहादुर देउवा सहभागी नहुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.