काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागलाई प्रभावकारी बनाउन सरकारले विशेष सेवा गठनसम्बन्धी ऐन संशोधन प्रस्ताव गरेको छ। कांग्रेसले विधेयकप्रति विरोध जनाउदा जनाउदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको विभागलाई विशेष सेवाअन्तर्गत राख्ने प्रस्ताव ल्याएको हो।
नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रियसभामा दर्ता भएको छ। गुप्तचर विभागले गोप्य अभियान तथा सत्र परिचालन गर्न सक्ने यसमा उल्लेख गरिएको छ। अनुसन्धानका नाममा व्यक्तिगत र संस्थागत फोन र मोबाइल फोन ट्यापिङ गर्ने अधिकार दिन लागिएको हो।
सूचना संकलन तथा प्रतिगुप्तचरी क्रियाकलापका सिलसिलामा विभागले सन्दिग्ध वा निगरानीमा रहेका व्यक्ति, संघसंस्थाबाट सार्वजनिक सञ्चारमाध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्यदृश्य सामग्रीको अभिलेख राख्न सक्नेछ। प्रधानमन्त्रीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति र मुख्य सचिवको अध्यक्षतामा केन्द्रीय इन्टेलिजेन्स समन्वय समिति गठन हुने प्रस्ताव गरिएको छ।
नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने प्रावधान राखी विधेयक ल्याइएको आरोप बालकृष्ण खाँणले लगाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-३ गढीगाउँबाट प्रहरीले दुई किशोरीलाई उद्धार गरेको छ । मोरङ उर्लाबारी घर भएका १४ वर्षीया ती किशोरीलाई गढीगाउँको एक घरबाट शनिबार बिहान उद्धार गरिएको जिल्ला...
काभ्रे । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती बजेट अभावका कारण दुई वर्षदेखि निर्माण रोकिएको छ । २०७४ मा बस्ती निर्माणको काम थालेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ३ वर्षमा...
चीन । चीनले सुरुङमा उद्धारको लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको छ । चीनको एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशनले स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङका लागि मानवरहित आपतकालीन उद्धार...
इजरायल । इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा विद्रोही समूह हमासका वरिष्ठ कमाण्डर मारिएको जनाएको छ । अस्ति शनिवार इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राफा सलामा...