भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

काठमाडौँ महानगरका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क

काठमाडौँ महानगरका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ । जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्वास्थ्य शिविर गरेको हो । सो संस्थाले काठमाडौँ महानगरपालिकाको वडा नं ६, ७, १०, १५, १६, १८, २६ र ३२ वडामा क्षयरोग जाँच निःशुल्क गरेको हो ।

जापान क्षयरोग निवारण संस्थाका कार्यक्रम समन्वयकर्ता डिएन शर्माले काठमाडौँ महानगरपालिकाको धेरै जनसंख्या भएको वडालाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । समाजमा लुकेर रहेका क्षयरोग विरामीलाई स्वास्थ्य उपचार गर्ने उदेश्यका साथ स्थापना भएको उक्त संस्थाले आगामी दिनमा काठमाडौँ महानगरपालिका भित्रका सबै वडामा क्षयरोग जाँच निःशुल्क गर्ने जनाएको छ ।

कार्यक्रम समन्वयकर्ता शर्माका अनुसार क्षयरोग लागेका व्यक्तिलाई रोग पत्ता लगाएर उपचार गरी क्षयरोग मुक्त समाज निर्माण गर्नु संस्थाको मुख्य उदेश्य हो । यस्तै, जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाले नेपालभरका ११ वटा जिल्लामा क्षयरोगको क्षेत्रमा काम गर्दै आएको छ । सो संस्थाले बागमती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ, चितवन र मकवानपुरका साथै गण्डकी प्रदेशको कास्की, तनहुँ, स्याङ्जा र नवलपुरमा काम गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.