भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी

काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी

काठमाडौं, २२ फागुन । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा पहिलो जित हासिल गरेको छ । रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) भारी मतान्तरसहित विजयी बनेकी हुन् ।

पछिल्लो मतपरिणामअनुसार रञ्जु न्यौपानेले १४ हजार ४ सय ९१ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी प्रबल थापाले ६ हजार ७ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले ३ हजार ७ सय २५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मोहन रेग्मीले १ हजार ४ सय ६१ मत पाएका छन् ।

मतगणना अन्तिम चरणमा पुगेको र अबको केही समयमै सबै परिणाम सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृत चुरामणि खड्काले जानकारी दिएका छन् । औपचारिक घोषणा भने केहीबेरमा गरिने बताइएको छ ।

काठमाडौं–१ बाट रास्वपाको यो जितलाई पार्टीका लागि महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.