भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी

काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी

काठमाडौं, २२ फागुन । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा पहिलो जित हासिल गरेको छ । रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) भारी मतान्तरसहित विजयी बनेकी हुन् ।

पछिल्लो मतपरिणामअनुसार रञ्जु न्यौपानेले १४ हजार ४ सय ९१ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी प्रबल थापाले ६ हजार ७ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले ३ हजार ७ सय २५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मोहन रेग्मीले १ हजार ४ सय ६१ मत पाएका छन् ।

मतगणना अन्तिम चरणमा पुगेको र अबको केही समयमै सबै परिणाम सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृत चुरामणि खड्काले जानकारी दिएका छन् । औपचारिक घोषणा भने केहीबेरमा गरिने बताइएको छ ।

काठमाडौं–१ बाट रास्वपाको यो जितलाई पार्टीका लागि महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.