भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

काठमाण्डौसहित धेरै ठाउँमा घाम लागेसंगै पानी पार्ने प्रणाली कमजोर

काठमाण्डौसहित धेरै ठाउँमा घाम लागेसंगै पानी पार्ने प्रणाली कमजोर

काठमाण्डौ । मंगलबारदेखि लगातार पानी पर्ने सम्भावना नरहेको जनाएको छ । देशका धेरै ठाउँ तीन दिनपछि घाम लागेको हो । पानी पार्ने प्रणाली कमजोर भएसंगै तत्काललाई ठूलो पानी पर्ने सम्भावना नरहेको जनाएको छ । मनसुनको समय भएकाले केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना भने रहन्छ ।

पानी पर्न कम भएसँगै नदी तथा खोलामा जलसतह घट्न थालेको छ । यसअघि शुक्रवारदेखिको वर्षाले देशभरका नदी तथा खोलामा बाढी आएको थियो भने तराईका क्षेत्रमा डुबान समेत भएको थियो । यस्तै, पहिरोका कारण विभिन्न सडकमा क्षति पुगेको थियो ।

गएको वैशाख १ गतेदेखि अहिलेसम्म बाढी पहिरो तथा हुरीबतासका कारण ५२ जनाको ज्यान गएको छ । पहिरोमा परेर ३९, बाढीमा ११ तथा हुरीबतास र भारी वर्षाका कारण एकर एक जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक हुँदा र भारतको बिहारको उत्तरपश्चिम तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको उच्च प्रभाव पर्दा गएको शुक्रवारदेखि आइतवारसम्म लगातार वर्षा भएको थियो । यो प्रणाली कमजोर बन्दा हिजो पनि मौसम बदली भए पनि धेरै ठाउँमा खासै पानी परेको थिएन ।

 

 


Thali Mobile Pvt.Ltd.