भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कानून निर्माणमा प्रदेशसभा अगाडि

कानून निर्माणमा प्रदेशसभा अगाडि

सुर्खेत । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कानून निर्माणका सन्दर्भमा प्रतिनिधिसभाभन्दा प्रदेशसभा अगाडि रहेको दाबी गर्नुभएको छ । प्रदेशसभा स्थापनाको दोस्रो वार्षिकोत्सवमा आज आयोजित अन्तक्र्रियामा उहाँले कानून निर्माणसँगसँगै विधेयक जनतामाझ लैजाने अभ्यासको शुरुआत गरेको बताउनुभयो । सभामुख शाहीले विधेयकको मस्यौदाबारे सरोकारवालामार्फत आमजनता माझ लैजाने प्रचलन प्रदेशसभाबाटै शुरु भएको दाबी गर्नुभयो ।

“जनतासँग प्रत्यक्ष सरोकार राख्ने विधेयकलाई विभिन्न जिल्लामा पुगेर जनताको राय लियौँ र जनताको सुझाव अनुसार ऐन÷निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो, “सकेसम्म प्रदेशसभालाई खुला संसद्को रुपमा विकास गर्न लागेका छौँ । प्रदेशसभामा जनताको पहुँच बढाउन विभिन्न प्रयास गर्दै आइरहेका छौँ ।”

प्रदेशसभा सचिवालयका उपसचिव तेजप्रकाश जोशीले दोस्रो वार्षिकोत्सवको पूर्वसन्ध्यामा ब्याडमिन्टन प्रतियोगिता, कुर्सी दौड, घैँटो फोड्ने खेल आयोजना गरेको जानकारी दिनुभयो । ब्याडमिन्टन प्रतियोगितामा प्रथम गणेशप्रसाद देवकोटा र झुपलाल ढकाल, द्वितीय पदमप्रसाद चालिसे र फुन्जोक लामा, नृपबहादुर रावल, हरिबहादुर बुढाको टिमले तृतीय स्थान हासिल गरेको छ । कुर्सी दौडमा चन्दन वीसी र घैँटो फोड्नेमा हरिराम थारु विजयी बन्नुभएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.