भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

काठमाडौँ, । अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गर्नुभयो ।

विज्ञप्तिमा भनिएको छ, “जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकाले सरकारले तत्काल दुई पक्षीय कूटनीतिक वार्तामार्फत समस्याको समाधान गरी जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई मार्ग प्रयोग गर्ने गरी नेपाली बस्ती र नेपाली नागरिकको सूचीकरण गर्न सुपरिक्षक पठाउन जोडदार माग गर्दछौं ।” १२ औँ राष्ट्रिय जनगणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुँदैछ ।

 


Thali Mobile Pvt.Ltd.