भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कालिकोटका सबै पालिका सडक सञ्जालसँग जोडिए

कालिकोटका सबै पालिका सडक सञ्जालसँग जोडिए

मान्म, । कालिकोटका नौवटै स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । रास्कोट, खाडाचक्र र तिलागुफा नगरपालिका तथा महावै, शुभकालिका, सान्त्री त्रिवेणी, पचालझरना र नरहरिनाथ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन् । नौ स्थानीय तहका ८२ वडामध्ये प्रायःजसोमा सडक पुगेको छ । रास्कोट नगरपालिकाका नौवटै वडामा सडक पुगेको उपप्रमुख मिमसरा बम शाहीले बताए ।

“सबै वडा सडक सञ्जालसँग जोडिएका छन्”, उनले भने, “मूल सडक कालोपत्रे हुँदैछ भने अन्य वडामा कालोपत्रको तयारी छ ।” खाडाचक्र नगरपालिकाका ११ वटै वडामा सडक पुगेको उपप्रमुख विजया विष्टले जानकारी दिए । “स्थानीय सरकार बनेपछि सबै वडामा सडक पु¥याएका छौँ”, उनले भने “सडकले जोडिएका वडामा त्यहाँ उत्पादन भएका वस्तु बजारीकरण गर्न सजिलो भएको छ ।” यस्तै तिलागुफा नगरपालिकाका ११ वटै वडामा पनि सडक पुगेको छ ।

सान्त्री त्रिवेणी गाउँपालिका, पलाँता गाउँपालिकाका र पचालझरना गाउँपालिकाका सबै वडा सडक सञ्जालले जोडिएका छन् । नरहरिनाथ गाउँपालिकाका नौमध्ये पाँच वडामा सडक पुगेको छ । चार वडामा यसै आर्थिक वर्षभित्र सडक विस्तार गरिने अध्यक्ष धीरबहादुर विष्टले बताए । वडा नं ८, ९, १, २ र ३ मा सडक बनेको छ । वडा नं ४, ५, ६ र ७ मा सडक खन्ने तयारी छ । शुभकालिका गाउँपालिका र महावै गाउँपालिकामा केही बाहेक अन्य वडा सडक सञ्जालले जोडिएका अध्यक्ष खडानन्द चौलागाईँले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.