भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कालोबजारी गर्ने पसललाई रु ४० लाख जरिवाना

कालोबजारी गर्ने पसललाई रु ४० लाख जरिवाना

काठमाडौं । बजार अनुगमनबाट रु चालिस लाख राजश्व संकलन भएको छ । भदौ १ देखि बजार अनुगमनका क्रममा अनैतिक क्रियाकलाप गर्ने पसललाई कारावाहीस्वरुप जरिवाना गर्दा १५ दिनको अवधिमा रु ४० लाख ३५ हजार राजश्व सङ्कलन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

६८ फर्मलाई कारवाही गर्दा उक्त रकम सङ्कलन भएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले बताए । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोवार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा गरिएको निषेधाज्ञा र चाडपर्व नजिकिँदै गर्दा कालोबजारी वृद्धि हुने भएकाले विभागले दैनिक बजार अनुगमन गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.