कास्की । कोरोना भाईरसको सङ्क्रमण बढ्दैगएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा पुनः एक हप्ता थप गरेको छ । भदौ २७ गतेसम्म सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो ।
यस अघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिदै थियो । अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा मानिसले अनिवार्य रुपमा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।
बाहिर निस्कदा मास्कको प्रयोग गर्ने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्नेलगायतका व्यवस्थासहितको आदेश जारी गरिएको छ ।
