२० बैशाख २०७७ काठमाडौं । नेपालका विभिन्न अस्पतालमा उपचार गराइरहेका ४३ जना कोरोना संक्रमित विरामीको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म नेपालमा ५९ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको छ । उपचार पछि १६ जना निको भएर घर फर्किएका छन् भने ४३ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
विराटनगरस्थित कोसी अस्पतालमा ३१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । वीरगञ्जमा ८ जना, रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा १–१ जना उपचार गराईरहेको देवकोटाले बताए । हालसम्म नेपालमा ४९ पुरुष र १० जना महिला संक्रमित छन् ।
भिडियाे हेर्न तल क्लिक गर्नुहाेस…
https://www.facebook.com/Kailashkhabarnews/videos/647364802484571/
अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन् । देशभर २२ हजार ९ सय ७८ जना क्वारेन्टाइन मध्य प्रदेश नम्बर १ मा २ हजार ८ सय ६५, प्रदेश नम्बर २ मा १ हजार ३ सय ९१ र बागमती प्रदेशमा ५ सय ११ जना क्वारेन्टाइनमा रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश नम्बर ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा ३ हजार २ सय ७५ र सुदूरपश्चि प्रदेशमा ३ हजार जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।काठमाडौं उपत्यकामा ४ र बाहिर ८५ गरी ८९ जना अहिले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । नेपाली लोकसंगीतको फाँटमा फेरि एकपटक गहिरो भाव र सन्देश बोकेको गीत सार्वजनिक भएको छ। गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको युट्युब च्यानलमार्फत “जानै लाग्यो बैश रिमै” बोलको...
झापा,चैत २६ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सरोकारवालाका सुझाव संकलन गरेको छ ।जिल्ला प्रशासन...
डुम्रे (तनहुँ), चैत २६ गते । चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी...
भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामन्य स्वास्थ्य सेवा लिन घण्टौं हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ।गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो।नागरिकलाई सहज सेवा...