भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

काेराेना संक्रमित ४३ जनाकाे अवस्था सामान्य (भिडियाे)

काेराेना संक्रमित ४३ जनाकाे अवस्था सामान्य (भिडियाे)

२० बैशाख २०७७ काठमाडौं । नेपालका विभिन्न अस्पतालमा उपचार गराइरहेका ४३ जना कोरोना संक्रमित विरामीको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म नेपालमा ५९ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको छ । उपचार पछि १६ जना निको भएर घर फर्किएका छन् भने ४३ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

विराटनगरस्थित कोसी अस्पतालमा ३१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । वीरगञ्जमा ८ जना, रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा १–१ जना उपचार गराईरहेको देवकोटाले बताए । हालसम्म नेपालमा ४९ पुरुष र १० जना महिला संक्रमित छन् ।

भिडियाे हेर्न तल क्लिक गर्नुहाेस…

https://www.facebook.com/Kailashkhabarnews/videos/647364802484571/

अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन् । देशभर २२ हजार ९ सय ७८ जना क्वारेन्टाइन मध्य प्रदेश नम्बर १ मा २ हजार ८ सय ६५, प्रदेश नम्बर २ मा १ हजार ३ सय ९१ र बागमती प्रदेशमा ५ सय ११ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश नम्बर ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा ३ हजार २ सय ७५ र सुदूरपश्चि प्रदेशमा ३ हजार जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।काठमाडौं उपत्यकामा ४ र बाहिर ८५ गरी ८९ जना अहिले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.