भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

कुटपिटको आरोपमा अध्यक्षका उम्मेदवार प्रहरी नियन्त्रणमा

कुटपिटको आरोपमा अध्यक्षका उम्मेदवार प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले क्याम्पस प्रमुख जोशीले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको चुनाव प्रचार गरेको भन्दै कुटपिट गरेको पीडित पक्षको भनाईका आधारमा अध्यक्षका उम्मेदवार रानालाई घटनाबारे जानकारी लिन नियन्त्रणमा लिएको हो ।

स्वतन्त्र उम्मेदवारहरुको प्रचार गरेको आरोपमा वडाध्यक्षका उम्मेदवार राना र उनका समर्थकहरुले प्राधापकमाथि कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीले अध्यक्षका उम्मेदवार राना र घाइते भएका प्राध्यापक जोशी पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको र डिलासैनी गाउँपालिका–५ बिनाबस्तीका वासिन्दा जोशीको दुबै खुट्टामा गम्भीर चोट लागेको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.