भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

कृषिमा सरकारले अरबौं रुपैयाँ अनुदान दिए पनि वास्तविक किसानले अनुदान नपाएको किसानको गुनासो

कृषिमा सरकारले अरबौं रुपैयाँ अनुदान दिए पनि वास्तविक किसानले अनुदान नपाएको किसानको गुनासो

१४ साउन २०७७ भक्तपुर । नेपाल क्रान्तिकारी किसान संघ स्थापनाको ५३ औं वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासका लागि सरकारले अरबौं रुपैयाँ अनुदानको व्यवस्था गरे पनि वास्तविक पीडित किसानहरूले अनुदान पाउन नसकेकाे गुनासो किसानहरुले गरेका छन् ।

नेपाल क्रान्तिकारी किसान संघ जिल्ला समिति भक्तपुरले ५३ औं स्थापना दिवसको अवसरमा आयोजना गरेकाे कार्यक्रममा किसानहरुले यस्तो बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले किसानहरूको श्रमको मूल्य नभएसम्म देशको विकास सम्भव नभएको विचार व्यक्त गरे । वर्तमान समयमा उत्पादनका साधनको यान्त्रीकरणको आवश्यकता औंल्याउदै प्रजापतिले संयुक्त राज्य अमेरिकाले ५० वर्षभन्दा बढी नाकाबन्दी गर्दा पनि स्वाभिमानपूर्वक बाँच्ने क्युवा र क्युवाली क्रान्तिबाट नेपालली किसानले पाठ सिक्नु जरुरी रहेको बताए ।

पैसा खर्च गरी निर्वाचित भएका सांसद तथा जनप्रतिनिधिले देश र जनताको हितमा भन्दा व्यक्तिगत स्वार्थ र देशको ढुकुटी सिध्याउनमै लागेको स्मरण गरे । नेमकिपाका अग्रज किसानहरूकै कारण भक्तपुरका किसानहरूको राजनैतिक र आर्थिक जीवनमा परिवर्तन सम्भव भएको बताए । भ्रष्टाचार र साम्राज्यवादविरुद्धको लडाइँलाई अझ अगाडि बढाउन निरन्तर संघर्षरत रहनेमा आशा व्यक्त गरे । कार्यक्रममा किसान संघले गरेका संघर्ष र योगदानहरूको चर्चा नयाँ पुस्तामाझ गरिनु आजको आवश्यकता भएको बागमती प्रदेशका सांसद सृजना सैंजुले बताइन् ।

फास्ट ट्रयाक र स्मार्ट सिटीको अवधारणा संघीयताविरोधी भएको र नेपालीहरूलाई सदियौंसम्म सामाजिक, आर्थिक र राजनैतिक रुपमा भारत निर्भर बनाउन ल्याएको उनले जिकिर गरिन् । वर्तमान नेकपा सरकार कम्युनिष्ट सरकार नभई किसानविरोधी सरकार भएको भन्दै उनले खोकना र बुंगमतीमा भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाइन् ।

kisan bktनेक्राकिसंघ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले किसान संघ स्थापनाको उद्देश्यबारे प्रष्ट पार्दै राजनैतिक पार्टीको सिद्धान्तअनुसार कार्यकर्ताहरू परिचालित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष न्हुछेभक्त फोंजु, नेक्राकिसंघ भक्तपुर जिल्ला समितिका उपाध्यक्ष केशवप्रसाद तिमिल्सिना, केन्द्रीय सदस्य विश्वनाथ प्रजापति र नेक्राकिसंघ भक्तपुर जिल्लाका सहसचिव नारायणभक्त न्हुम्हाफुकीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

 


Thali Mobile Pvt.Ltd.