भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

कृष्णबहादुर महराका छाेरा राहुलसहित चार जनाविरुद्ध मुद्दा दर्ता

कृष्णबहादुर महराका छाेरा राहुलसहित चार जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विद्युतीय चुरोट (भेप) मा हालेर सुन तस्करी गरेको आरोपकाे प्रतिवेदन सरकारी वकिललाई बुझाएपछि कृष्णबहादुर महरा पुत्र राहुलसहित चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । सङ्गठित अपराध, भन्सार छली र विश्वासघात गर्न नहुने कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए । उक्त कसुरमा राहुल, लोकेन्द्रकुमार पौडेल, दावा छिरिङ र निमा गुरुङविरुद्ध अभियोजन दर्ता भएको हो ।

गुरुङ हाल फरार छन् भने छिरिङ ६१ किलो सुन तस्करीकासमेत आरोपी हुन् । विसं २०७९ पुस १० गते युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाइ ल्याएको नौ किलो सुन (आठ करोड ५५ लाख) तस्करी भएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत शुक्रबार उक्त प्रकरणमा सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.