सरकारलाई विप्लवको चेतावनी

सरकारलाई विप्लवको चेतावनी

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चेतावनी दिएका छन् ।

आज झापाको विर्तामोडमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै उनले जनयुद्धलाई अपराधीकरण नगर्न चेतावनी दिएका हुन् ।

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका नेताले जनयुद्धप्रति गरेको टिप्पणीतर्फ लक्षित गर्दै उनले यस्तै गरे फेरि जनयुद्ध १० फिटबाट जागेर आउने जिकिर गरे ।

शोषित, पीडित महिला, बालबालिका र दलित, जनजाती र उत्पीडित वर्गको मुक्तिका लागि भएको युद्ध स्मरण गराउँदै उनले जनयुद्धमाथि अपमान गर्ने छुट कसैलाई नभएको बताए ।

 


Thali Mobile Pvt.Ltd.