भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

कोदारी राजमार्ग आंशिकरूपमा सञ्चालन

कोदारी राजमार्ग आंशिकरूपमा सञ्चालन

सिन्धसपाल्चोक । गत असार १ को बाढी र पहिराले कटान गरेको कोदारी राजमार्ग मर्मतपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । महिना दिनदेखि सडक खुलाउन प्रयास हुँदै आएकामा अब केही साताभित्र पूर्ण सञ्चालनमा आउने भएको छ चरिकोट सडक डिभिजन कार्यालयका इञ्जिनीयर विजय महतोका अनुसार सडक निर्माणका साथै भत्किएको लिपिङ पुलको दुवैपट्टि जगमा ढुङ्गा भरेर जालीको गाह्रो उठाइएको छ ।

नेपालीको महान् चाडपर्व नजिकिएकाले व्यापारी वर्गले चीनबाट खरिद गरेका सामान आयातका लागि पनि तातोपानी नाका छिटै सञ्चालन गरिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । चीनसँगको छोटो दूरीको तातोपानी नाकाबाट अहिले निर्यात ठप्प छ । आयात पनि सहज ढङ्गले भएको छैन । पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि राजमार्ग सञ्चालनमा उचित पहल नभएको व्यावसायीहरूले गुनासो गर्दै आएका थिए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.