भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

कोरोनाले कर्णालीका वरिष्ठ चिकित्सकको ज्यान गयाे, देशभर संक्रमितको संख्या ७९ हजार ७ सय नाघ्यो

कोरोनाले कर्णालीका वरिष्ठ चिकित्सकको ज्यान गयाे, देशभर संक्रमितको संख्या ७९ हजार ७ सय नाघ्यो

काठमाडौं । कारोना संक्रमणबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको मृत्यु भएको छ । दुई सातादेखि नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्ज‌मा उपचाररत सापकोटाको दिउँसो बिहिवार दिउसो ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

आईसीयूमा अक्सिजन दिएर उपचाररत वरिष्ठ हार्डजोर्नी रोग विशेषज्ञ डा.सापकोटासहित कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ भने नेपालभरमृतकको संख्या ५०९ पुगेको छ । आज थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुने १ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुने सुनसरीका ३ पुरुष, काठमाडौँका २ पुरुष, भक्तपुरका १ पुरुष, ललितपुरका १ पुरुष, बाँकेकी १ महिला र रुपन्देहीका ३ पुरुष छन् ।

१ हजार ९११ संक्रमित थपिए
नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ। संक्रमितमध्ये ५७ हजार ३८९ जना निको भएर घर फर्किएका छन् ।

उपत्यकामा ९४३ जना संक्रमित थपिए
काठमाडौँमा ८१७ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ६८ जना गरी ९४३ संक्रमित थपिएका छन्। देशभर १२ हजार ४४४ जनाको पीसीआर भएकोमा १ हजार ९११ जनामा संक्रमण पुष्टि भएको हो।

दुई स्थानीय तह सिल
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बैतडीका दुई स्थानीय तह सिल गरिएको छ । मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो । असोज १३ देखि असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गरिएको हो । यस्तै पुर्चौडी नगरपालिका क्षेत्रलाई पनि असोज ११ गतेदेखि अनिश्चितकालका लागि सिल गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.