लोकतन्त्रमा पनि पंचेकै हालिमुहाली, मनपरी नियुक्ति

लोकतन्त्रमा पनि पंचेकै हालिमुहाली, मनपरी नियुक्ति

काठमाडौं । सरकारले मुख्यसचिव र केही राजदूत नियुक्त गरेको छ। शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने, लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाउने निर्णय गरेको छ भने युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउने निर्णय गरेको छ।

खतिवडा भने पंचायत देखि गणतन्त्र सम्म अवसर नै अवसरले भरिपुर्ण भएका कारण चर्चामा रहेका छन् । आठौंपटक राजनीतिक नियुक्ति पाएका खतिवडा यतिबेला अमेरिकाको राजदूतमा अबसर पाउदा झन चर्चामा पुगेका छन् । खतिवडालाई पार्टी भित्र विरोध हुदा हुदै प्रधानमन्त्री केपी शर्मा ओलीले काखी च्यापेको भनेर नेता कार्यकर्ताले भन्दै आएका छन् ।

निरंकुशतन्त्रदेखि लोकतन्त्रसम्म खतिवडाकै हालीमुहाली हुने हो भने हजारौं बलिदानबाट आएकालाई पाखा लगाउनु गणतन्त्र प्रतिको उपहास भएको उनीहरुको ठहर छ । सुरुमा २०५९ असोज १८ मा राजा ज्ञानेन्द्र शाहले गरेको ‘ कू’ पछि खतिवडा राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएका थिए । योजना आयोगको सदस्यबाट कार्यकाल सकिएपछि उनी श्रीलंकामा एसियाली विकास बैंकको जागिर खान गए ।

२०६६ मा माधव नेपाल प्रधानमन्त्री भएपछि योजना आयोगको उपाध्यक्षमा नियुक्त भए। योजना आयोगको उपाध्यक्ष हुँदाहुँदै फेरि राष्ट्रबैंकको गभर्नर बनाए । केपी ओली प्रधानमन्त्री भएपछि उनलाई पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाए । २०७४ मा नेकपाले दुईतिहाई बहुमतसहितको सरकार बनाएपछि राष्ट्रियसभाको सांसद हुने मौका पाएका खतिवडालाई अर्थमन्त्री नै बनाएर सबैलाई चक्मा दिए ।

जेलनेल भोगेका र राजनीतिमै जीवन बिताएकाभन्दा ओली नेतृत्वको सरकारलाई हिजोका पंचेहरु प्यारो लाग्न थालेको बजारमा चर्चा चल्न थालेको छ । लोकतन्त्र ल्याउन केही योगदान नभएकाहरुलाई नै अहिले भकाभक नियुक्ति दिईएको भन्दै सर्वत्र आवाज उठ्न थालेको छ । बलिदान र त्यागपछि लोकतन्त्रमा पनि काम छैन भन्दै गनगनी सुरुभएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.