भर्खरै : Sorry, your browser does not support inline SVG.

हामी सबैको देउखुरी…

हामी सबैको देउखुरी…

सुगौली सन्धिताका सिमानामा
पहरेदार बनि सीमा सुरक्षा गरेको इतिहास साँक्षी छ
सात सालको क्रान्तिमा आफ्नो पहलकदमी लिएको छ

हाम्रो दाङ्गको देउखुरी,
हरेक उथलपुथल र समाज विकासमा
आफ्नो जिम्मेवारी र बलिदान पुरा गरेको छ
भोकमरी र अनिकालमा
पसिना बगाउँदै नदिको बगर र बन्जर जमिनमा
धानका बाला झुलाउदै मानवसेवा गरेको योगदान छ

हाम्रो प्यारो देउखुरी,
र त आज देउखुरी विकास अभियानमा
महेन्द्र राजमार्ग, हुलाकी मार्ग, रेलमार्ग आफ्नै भुमिमा प्राप्त गरेको छ
वारी र पारी एउटै गाउँ बनाउदै
अभिशाप जस्तै राप्ती नदिलाई बरदान सावित गर्दै छ
राप्तीको बगरमा नयाँ प्राण भर्दै
नुन बोकेको इतिहास कोइलाबास समृद्धिको मुहान बनाउँदै छ

हामी सबैको देउखुरी,
प्रदेशकै मध्यबिन्दुको काखमा
सबैलाई सुखी र खुशीको मुस्कान भर्दै
भुगोल आफैले पाएको वर्तमान चाहन्छ
प्रदेशभरीकै जनताको सम्मान गर्न चाहन्छ

हाम्रो दाङ्गको देउखुरी
हाम्रो प्यारो देउखुरी
हामी सबैको देउखुरी
हाम्रो प्रदेशको देउखुरी
हाम्रो नेपालको देउखुरी
सबैको भविष्यको देउखुरी

इन्द्रजित थारू, दाङ्ग

 


Thali Mobile Pvt.Ltd.