भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोरोना खोपको पहिलो डोज अभियान आज सकिँदै

कोरोना खोपको पहिलो डोज अभियान आज सकिँदै

काठमाडौँ । नेपालमा कोरोना भाइरवरूद्धको पहिलो डोजको खोप अभियान आज सकिँदैछ । स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकसहित अग्रपंक्तिमा कार्यरत ४ लाख ३० हजार जनालाई लक्षित गरि माघ १४ मा नेपालमा कोरोना खोप अभियान सुरू भएको थियो ।

तर, १ लाख ७१ हजार ४ सय ८६ जनाले मात्रै पहिलो डोजको खोप लगाएका छन् । शुक्रबारसम्मको तथ्यांक सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयले प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७ सय ५६, बागमतीमा ५९ हजार ९ सय ४२, गण्डकीमा १७ हजार ३ सय १५, लुम्बिनीमा २६ हजार ८ सय ९८, कर्णालीमा ८ हजार ६ सय ८४ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८ सय ९ जनाले खोप लगाएका छन् ।

दैनिक खोप लगाउनेको औषत संख्यालाई आधार मान्दा शनिबारसम्म खोप लगाउनेको संख्या २ लाख पनि नपुग्ने देखिएको छ ।सरकारले ३०० भन्दा बढी खोप केन्द्रबाट खोप लगाउने घोषणा गरे पनि शुक्रबारसम्म २०१ केन्द्रबाट मात्र खोप उपलब्ध गराइरहेको छ ।

खोप लगाउन गरिएको आह्वान लक्षित वर्गसम्म नपुग्नु, सदरमुकाम केन्द्रित खोप केन्द्रमा सबैको पहुँच नहुँनु तथा खोप लगाउन अनिवार्य नगरिएकाले पनि पहिलो डोजको खोप लगाउन मानिसहरूको सहभागिता कम भएको हुन सक्ने सरकारी अधिकारीहरू बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.