भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

कोरोना खोपको पहिलो डोज अभियान आज सकिँदै

कोरोना खोपको पहिलो डोज अभियान आज सकिँदै

काठमाडौँ । नेपालमा कोरोना भाइरवरूद्धको पहिलो डोजको खोप अभियान आज सकिँदैछ । स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकसहित अग्रपंक्तिमा कार्यरत ४ लाख ३० हजार जनालाई लक्षित गरि माघ १४ मा नेपालमा कोरोना खोप अभियान सुरू भएको थियो ।

तर, १ लाख ७१ हजार ४ सय ८६ जनाले मात्रै पहिलो डोजको खोप लगाएका छन् । शुक्रबारसम्मको तथ्यांक सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयले प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७ सय ५६, बागमतीमा ५९ हजार ९ सय ४२, गण्डकीमा १७ हजार ३ सय १५, लुम्बिनीमा २६ हजार ८ सय ९८, कर्णालीमा ८ हजार ६ सय ८४ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८ सय ९ जनाले खोप लगाएका छन् ।

दैनिक खोप लगाउनेको औषत संख्यालाई आधार मान्दा शनिबारसम्म खोप लगाउनेको संख्या २ लाख पनि नपुग्ने देखिएको छ ।सरकारले ३०० भन्दा बढी खोप केन्द्रबाट खोप लगाउने घोषणा गरे पनि शुक्रबारसम्म २०१ केन्द्रबाट मात्र खोप उपलब्ध गराइरहेको छ ।

खोप लगाउन गरिएको आह्वान लक्षित वर्गसम्म नपुग्नु, सदरमुकाम केन्द्रित खोप केन्द्रमा सबैको पहुँच नहुँनु तथा खोप लगाउन अनिवार्य नगरिएकाले पनि पहिलो डोजको खोप लगाउन मानिसहरूको सहभागिता कम भएको हुन सक्ने सरकारी अधिकारीहरू बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.