भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कांग्रेस नेताको स्मृतिमा फुटसल, ५० हजारको उपाधि नर्थ प्वाइन्टलाई

कांग्रेस नेताको स्मृतिमा फुटसल, ५० हजारको उपाधि नर्थ प्वाइन्टलाई

भक्तपुर । नगद रु ५१ हजार ५ राशिको पुरस्कारसहित प्रथम खुल्ला स्व।गणेशकुमार कवें स्मृति कप फुटसल प्रतियोगिताको उपाधि नर्थ प्वाइन्ट फुटसलले हात पारेको छ । मध्यपुरथिमि नगरपालिका बोडेमा स्मृति कप आयोजक समितिले माघ २३ र २४ गते आयोजना भएको प्रतियोगिताको आज फाइनल खेलमा पारुहाङ फुटसल क्लबलाई पछाडि पार्दै नर्थ प्वाइन्टले नगद पुरस्कारसहित ट्रफि, प्रमाणपत्र हात पारेको हो ।

त्यसैगरी प्रतियोगितामा दोश्रो हुने पारुहाङ फुटसल क्लबले नगद रु २५ हजार पाँच राशिको पुरस्कारसहित ट्रफि, प्रमाणपत्र र तेश्रो हुने तीर्थ मल्ल फुटसल क्लबले नगद रु १० हजार पाँचसहित ट्रफि, प्रमाणपत्र हात पारेको छ । कूल २४ वटा टिम सहभागी रहेको प्रतियोगितामा सान्त्वना पुरस्कार नर्थ प्वाइन्ट मर्निङ् टिम, उत्कृष्ट खेलाडी नर्थ प्वाइन्टका नर्थ प्वाइन्ट फुटसलका सरोज तामाङ्, उत्कृष्ठ गोलकिपर पारुहाङ फुटसल क्लबका आकाश मल्ल घोषित भए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले विजेता टोली तथा खेलाडीलाई नगद पुरस्कार, ट्रफि तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले नेपालमा खेलकुदको विकास हँुदैजाँदा खेलबाटै खेलाडीलाई आत्मानिर्भर हुने अवस्थाको सृजना हुनुपर्ने बताउनुभयो । उहाँले खेलले शारीरिक, मानसिक सन्तुलन कायम गर्ने मात्र नभई देश कै नाम उच्च राख्ने भएकाले युवा वर्गलाई खेलप्रति आकर्षिक गर्नुपर्नेमा जोड दिनुभयो ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ् शेर्पाले गाउँ गाउँबाट खेलको विकास गर्दै लैजानु पर्नेमा जोड दिँदै स्थानीय सरकारले पनि खेलकुदमा लगानी बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा कांग्रेसका युवा नेता गुरुराज घिमिरे, एन्फाका उपाध्यक्ष पूर्वकप्तान उपेन्द्रमान सिंह, तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ लगायतले सरकारले खेलकुदको विकासमा चासो बढाउनु पर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका युवा नेता अष्टकुमार कवेंले आफ्नो पिता एवं नेपाली कांग्रेसका नेता, समाजसेवी स्व गणेशकुमार कवेंको स्मृतिका प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका लागि कूल रु दुई लाख ५० हजार खर्च भएको र उक्त रकम अष्ट कवैँबाट प्राप्त भएको दीलकृष्ण प्रजापतिले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.